काँकरभिट्टामा ‘एन्टी ड्रग्स क्याम्पेन’

काँकरभिट्टा । काँकरभिट्टामा रिकभर भएका युवाहरुले ‘एन्टी ड्रग्स क्याम्पेन’ गर्ने भएका छन् । युवाहरुले स्वतन्त्र प्रतिष्ठान नेपालसँगको सहकार्यमा बुधबार काँकरभिट्टा माविको प्राङ्गणमा सांगीतिक कार्यक्रम गरेर ‘एन्टी ड्रग्स क्याम्पेन’को अभियानमा निस्किने भएका छन् । काँकरभिट्टा रिकभरिङका सदस्य सुमन थापाले बुधबार काँकरभिट्टामा स्याडो ब्याण्ड ल्याउने र टिकट मार्फत दर्शकहरुसँग सहयोग उठाएर अभियानमा खर्च गर्ने बताएका छन् ।…