क्यान्सरका बिरामी बढ्दै : उपचारमा ढिलाई नगर्न आग्रह

बिर्तामोड । नेपालीको औसत उमेर बढेर गएको छ । उमेर बढ्ने क्रमसँगै क्यान्सरले थलिएका बिरामीको संख्या पनि बढ्दै छन् । बर्सेनी तीसदेखि पैंतीस हजार नयाँ क्यान्सरका बिरामी थपिने क्रममा छन् । क्यान्सर रोग विशेषज्ञका अनुसार, औसत उमेर बढ्दै गएकाले क्यान्सरका बिरामी पनि बढ्दै गएका हुन् । धूम्रपान एवं मद्यपान गर्नेहरूमा क्यान्सरको सम्भावना पनि बढि हुन्छ…