Banner news

कुद्दा कुद्दै गरेको अटोमा आगलागी

कुद्दा कुद्दै गरेको अटोमा आगलागी


बिर्तामोड । झापाको बिर्तामोडमा भर्खरै एउटा अटोमा आगलागी भएको छ । कुद्दा कुद्दै अटोमा आगलागी भएको हो ।


बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय नजिकै अटोमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । अटोमा आगलागी हुनासाथ बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको छ । जसका कारण अन्य क्षेत्रमा क्षति भएको छैन । अर्जुनधारा–११ का खगेन्द्र बस्नेतको अटोमा आगलागी भएको प्रहरीले जानकारी दिएका छन् ।


के कारणले आगलागी भएको भन्ने थाहा नभएको बस्नेतले जानकारी दिए । कुदाई रहेको अटो बन्द भयो, त्यसको केहि बेरमै आगलागी भयो, बस्नेतले भने ।

शेयर गर्नुहोस :

0
Shares