हेवन वाटर पार्कको भव्य उद्घाटन, कर्मा व्याण्डको बेजोड प्रस्तुति
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको हेवन वाटर पार्कको आजबाट औपचारिक उद्घाटन भएको छ । उद्घाटनको अवसरमा चर्चित कर्मा व्याण्डले सांगीतिक प्रस्तुति राखेको थियो । साँझसम्म आयोजित कर्माको सांगीतिक प्रस्तुतिमा सयौं झुमेका थिए ।

झापामै पहिलो पटक लाइभ कन्सर्ट गरेको कर्मा व्याण्डले मलाई माफ गरिदेऊ …….को हौ तिमि….., हुक्का मेरो….., यानी माया ……. लगायतका गित प्रस्तुत गरेको छ । जहाँ सांगीतिक फ्यानहरुले मस्ती गरेका छन् । पार्कमा गायनले कड्किएको कर्माको प्रस्तुति बजोड थियो ।
०७२ सालबाट सुरु भएको हेवन वाटर पार्क पूर्वकै पर्यटकीय गन्तब्यको रुसमा स्थापित भइरहेको छ । १६ विगाह क्षेत्रफलमा फैलिएको पार्कमा आजबाटै ५ दिनसम्मका लागि फिस फेस्टिवल समेत सञ्चालन गरिएकोे छ । फिस फेस्टिवलमा विभिन्न परिकारको माछा खान पाइने व्यवस्था मिलाइएको छ । उद्घाटनको अवसरमा माछा छुटसहित प्रति पिस २५ पर्नेछ ।