भद्रपुर । भद्रपुर–१० स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैध काठ चिरान गरिरहेको फेला परेको छ ।
डिभिजन वन कार्यालय झापाले शुक्रवार बेलुका साढे ४ बजे चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैध रुपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्युफिट सखुवाको चिरान काठ बरामद गरेको छ ।
कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अवस्थामा सो काठ बरामद गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । उनले सो काठ आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा ल्याइएको जानकारी दिए ।







प्रतिक्रिया