जेष्ठ ५, २०८२ आईतबार

इटहरीका सबै मस्जिद सिल

इटहरी – उदयपुरमा १२ जनालाई कोरोना संक्रमणपछि इटहरीका सबै मस्जिद सिल गरिएको छ। यहाँका विभिन्न मस्जिदमा बाहिरी देशका मुस्लिम धर्मावलम्बीहरु हुनसक्ने र कोरोना भाइरस संक्रमणको सम्भावना उच्च रहेको भन्दै इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको छ।

केही दिनअघि मात्रै वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरु सुनसरीको दुहवी र इनरुवाको मस्जिदमा बसेको खुलेको थियो।

इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमका अनुसार शुक्रबारदेखि नै यहाँका सबै मस्जिद खाली गरी त्यहाँ भएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

यहाँ रहेका १४ वटा मस्जिद प्रशासनको प्रत्यक्ष निगरानीमा सिल गरिएको गौतमले बताइन्।

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]