Banner news

झापामा मास्क नलगाई हिडेमा १ सय रुपैयाँ जरिवाना

झापामा मास्क नलगाई हिडेमा १ सय रुपैयाँ जरिवाना


बिर्तामोड । झापामा मास्क नलगाई हिड्नेलाई जरिवाना बापत १ सय रुपैयाँ लिने निर्णय भएको छ ।

कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रण गर्न आज सम्पन्न डिसिसी एमसीको बैठकले संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्बजनिक स्थलमा रहदा वा हिडडुल गर्दा मास्क नलगाउने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईले जानकारी दिए ।

बैठकले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सामाजिक दुरि कायम गर्दै अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares