बिर्तामोड । नेपाल बजार विक्रि प्रतिनिधि संघ मेची इकाईले आयोजना गरेको रक्तदानमा ६१ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रगतको अभाव भएपछि मेची इकाईले रक्तदानको आयोजना गरेको हो ।

आज बिर्तामोडस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको रक्तदानमा बजार प्रतिनिधि संघमा आवद्धहरु सहित सर्वसाधाराणले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र विष्टको प्रमुख आतिथ्यता, डिपि बरालको विशिष्ट आतिथ्यता र संघका मेची अध्यक्ष सुमन रिजालको अध्यक्षतमा सम्पन्न भएको प्रदेश उपाध्यक्ष हेमन्त पौडेलले जानकारी दिए ।







प्रतिक्रिया