मुख्य समाचार

देशभरको मौसम प्रभावित

देशभरको मौसम प्रभावित


विर्तामोड । हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सो खाडीको जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ।

आगामी २४ घण्टा देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

भोलि र पर्सि पनि धेरै स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ। भोलि र पर्सिको राति भने गण्डकी, सुदूरपश्चिम,  प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। 

शेयर गर्नुहोस :

0
Shares