Banner news

जीवन रक्षालाई उच्‍च महत्व दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह

जीवन रक्षालाई उच्‍च महत्व दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्‍नो जीवन रक्षालाई उच्‍च महत्व दिएर तीज पर्व मनाउन अनुरोध गरेका छन्। 

तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्‍टकर परिस्थितिका बीच तीज मनाउनुपरेको बताएका छन्। 

‘विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन। विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ’, प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्। 

शेयर गर्नुहोस :

0
Shares