जेष्ठ ६, २०८२ सोमबार

देशभर तीन हजार एक सय आठ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय दुई जनामा र चार हजार दुई सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६ जनामा गरी तीन हजार एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख २१ हजार ६ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९५ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार चार सय १९ रहेको छ ।

यस्तै कोरोनाका कारण थप २५ जनाको ज्यान गएसँगै नेपालमा सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय सात पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ५ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]