झापामा थप १९९ जनालाई कोरोना, बिर्तामोडमा मात्रै ६८
३ को मृत्यु
बिर्तामोड । झापामा आइतवार थप १९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन जना संक्रमितले ज्यान गुमाएका छन् ।
झापामा आइतवार सबैभन्दा धेरै बिर्तामोडमा ६८, दमकमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै झापामा संक्रमितको संख्या १६ हजार ९ सय ७ पुगेको छ भने हालसम्म १४ हजार ७ सय ६ जना डिस्चार्ज भइसकेका छन् आइतवार मात्रै १२५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लामा ४ सय २८ जना संक्रमितले ज्यान गुमाएका छन् ।