झापामा १२ हजार ८ सयले लगाए भेरोसेलको पहिलो डोज
बिर्तामोड । झापामा मंगलवारदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ९ वटा स्थानीय तहमा पहिलो दिन १२ हजार ८ सय ४५ जनाले खोप लगाएका छन् । बाँकी ६ वटा पालिकाले बुधबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मंगलवार मेचीनगरमा २४ सय, दमकमा २२ सय २६, गौरीगञ्जमा २ सय ९६, बाह्रदशीमा ५७०, बिर्तामोड ३२ सय, हल्दीवारीमा ५३०, भद्रपुरमा २१ सय ३६,कचनकवलमा ८ सय ४५ र बुद्धशान्तिमा ८ सय ४० जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय झापाका तथ्याङक अधिकृत चुडामणी लुइटेलले जानकारी दिए । बुधबार अर्जुनधारा, कनकाई, शिवसताक्षी, झापा, कमल र गौरादहले खोप कार्यक्रम सञ्चालन गर्ने लुईटेलले जानकारी दिए ।

पहिलो कमजोर व्यवस्थापन र स्वास्थ्य मापदण्ड पालना नगरि खोप कार्यक्रम सञ्चालन भएको छ । अधिकांश खोप केन्द्रमा खोप लगाउन आउनेहरुको भीड अव्यवस्थित थियो । खोप लगाउन आउनेहरु समेत लापरबाही पूर्ण तरिकाले खोप लगाउन झुम्मिएको पाइएको छ ।