जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडको देवी माविमा खोप कार्यक्रम स्थगित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ स्थित देवी माविमा खोप कार्यक्रम स्थगित गरेको छ । विशेष कारण भन्दै नगरपालिकाले खोप कार्यक्रम स्थगित गरेको हो ।

साउन १२ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने भनिएको खोप कार्यक्रममा आज चार पाङग्रे सार्वजनिक यातायातका चालक , सहचालकलाई खोप लगाउने तयारी गरिएको थियो । सोही अनुसार चालक र सहचालक खोप लगाउन देवी मावि पुगेका थिए । खोप कार्यक्रम स्थगित भएपछि लक्षित समूह आक्रोसित बनेका छन् । उनीहरुलाई १ बजेपछि महेन्द्र रत्न माविमा खोप लगाइने नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

बिर्तामोड नगरपालिकामा आएको खोप तीन दिनमा धेरैले लगाएको कारण आज खोपको मात्रा कम भएको बुझिएको छ । समयसम्म र सबै उपस्थित चालक , सहचालकले लगाउन नपाउने अवस्था भएपछि खोप कार्यक्रम स्थगित भएको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]