महेन्द्र माबिमा पनि खोप कार्यक्रम स्थगित

बिर्तामोड । बिर्तामोडस्थित देबी माबिमा स्थगित गरेको केही घण्टामा महेन्द्ररत्न माबिमा पनि खोप कार्यक्रम स्थगित भएको छ ।
अत्याधिक भिड बढेपछि देबीमा स्थगित गरेर महेन्द्र रत्न माबीमा खोप सन्चालन गर्ने तयारी गरिएको थियो । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बिधालय बाहिर ठूलो भिड बढेपछि महेन्द्रमा पनि स्थगित गरिएको छ ।
महेन्द्रमा शिक्षकहरुलाई खोप लगाउने तयारी थियो । देबीमा खोप लगाउना पुगेका चालक र सहचालक पनि महेन्द्र रत्न माबी पुगेपछि भिड बढेको थियो । चालक र सहचालकलाई फेरि देबी माबी मै लगेर खोप लगाउने सहमती गरिएको छ भने शिक्षकलाई भोलि शुक्रबार महेन्द्र रत्नमा खोप लगाईने स्वास्थ्य शाखा संयोजक तुलसी पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार सहमती मै खोप कार्यक्रम स्थगित गरिएको छ ।
खोपको मात्रा ७ सय छ, लगाउनेहरु २ हजार भन्दा बढी भएको कारण स्थगित भएको उनको भनाई छ । खोप स्थगित भएपछि नगरपालिकामा सुरक्षाका कारण प्रहरी परिचालन गरिएको छ ।