जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडको होटलमा भेटिएको भ्याक्सिन प्रहरीलाई बुझाईयो

बिर्तामोड । झापाको बिर्तामोडस्थित होटल टाइमलेसमा १ सय डोज खोप फेला परेको छ । बिर्तामोड नगरपालिको स्वास्थ्य शाखाले १ सय डोज खोप होटलमा लुकाएको आरोप लागेको छ । बिर्तामोडका केहि युवाहरुले ओम खड्काले होटलमा खोप लुकाएको आरोप लगाएका हुन् । कोभिड फोकल पर्सन खड्का र १ सय डोज खोपसँगै भेटेपछि युवाहरुले प्रमुख जिल्ला अधिकारी उपस्थित नभएसम्म नछोड्ने भन्दै बसेका छन् ।

स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटलमा खोप पुगेको विषयमा आफु जानकार नभएको बताएका छन् । उनले भने, ‘होटलमा खोप कसरी पुग्यो मलाई जानकारी छैन । खड्का जीहरु सँगै बुझ्नुहोस् ।’ उनका अनुसार घरायसी र होटलमा राखिने फ्रिजमा यो भ्याक्सिन राख्न मिल्दैन ।

फोकल पर्सन खड्काले जिल्लाको गाडिले होटलमा खोप ल्याएर छोडेको जानकारी दिए । उनले आफुहरु खाना खान त्यहि होटल जाने भएकाले त्यहिबाट खोप रिसिभ गर्नलाई त्यहाँ छोड्न भनेको बताएका छन् । उनले खोप लुकाएको विषय सत्य नभएको दावी गरेका छन् । उनले आफुहरु फिल्डमा भएका कारण जिल्लाको गाडिलाई होटलमा खोप छोडिदिन आग्रह गरेको सुनाए । खाना खाएर त्यहिबाट खोप लिएर जाने तयारी भएको थियो । बिर्तामोडमा खोप अभाव भएपछि ब्याकअपका लागि खोप मागिएको थियो । अर्जुनधारा , बुद्धशान्ति क्षेत्रबाट खोप ल्याएर जिल्लाको गाडिले खोप छोडेको अपुष्ट सूचना प्राप्त भएको छ । लगत्तै जिल्लासँग यसबारे सोधखोज गर्दा अर्जुनधारा , बुद्धशान्तिबाट नभई जिल्लाबाट खोप पठाइएको बताइएको छ । ।

सो खोप इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले लगेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]