जनगायक जेबी टुहुरेको निधन
काठमाडौं– जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । संविधानसभा सदस्यसमेत रहनुभएका टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।