जेष्ठ ६, २०८२ सोमबार

झापामा १० दिन थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी २ बजेसम्म खुला

झापा । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।  जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ । अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुलाउन पाउनेछ ।  त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ । कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ । 

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]