जेष्ठ ५, २०८२ आईतबार

अफगानीलाई मार्न बन्द गर : राशिद खान

काठमाण्डाै – तालिबानले नियन्त्रणमा लिएयता अफगानिस्तानकाे अवस्था झन् बिग्रिँदै गएकाे छ । हिजाे बिहीवार राति काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाकाे ज्यान गइसकेकाे छ । 

विस्फाेटमा घाइते हुनेकाे सङ्ख्या एक सय ५० नाघेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेटले आत्मघाती आक्रमणकारीले ‘अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू’ लाई निसाना बनाएको बताएको छ ।

सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेकाे छ अफगानीलाई मार्न बन्द गर ।’

यसैबीच अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् । उनले रक्तपात राेक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन् । बेलायतमा टी–२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् । 

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरेअनुसार अमेरिकाले उद्धार कार्य यही अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।  

प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]