जेष्ठ ५, २०८२ आईतबार

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको व्यवस्थापन आवश्यक : राष्ट्रसङ्घ

जेनेभा । सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा व्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भनिन्, ‘हामी यस क्षेत्रमा लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापनका लागि तयारी गर्दैछौँ । यो पक्कै पनि सुखद अवस्था होइन ।’

अफगानिस्तानमा तालिबान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिबान समूहले यस पहिले देखाएका अतिवादी क्रियाकलापका कारण अफगानिस्तानमा रहेका विदेशीका साथै स्वदेशी आम नागरिक तालिबानले गर्न सक्ने कठोर शासनको कल्पना गर्दै काबुल लगायत अफगानिस्तानका प्रमुख सहरबाट बाहिरिने क्रम जारी रहेको छ । यद्यपि कतिपय मुलुकले सुरक्षाको समस्या देखाउँदै उद्धार कार्यलाई स्थगित गरेका छन् ।

तालिबान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने सञ्चारमाध्यम मार्फत सार्वजनिक अभिव्यक्तिहरूमा बताएको छ । तालिबानले अफगानिस्तानमा सरिया कानुनलाई मानेर बस्ने जोसुकैलाई पनि अफगान भूमि सुरक्षित रहेको बताउँदै आएको छ । यद्यपि उनीहरूको भनाइ र गराइमा तादम्यता भने देखिएको छैन ।

प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]