जेष्ठ ५, २०८२ आईतबार

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो ः मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताउनुभयो ।

“स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “विपद्का लागि अत्यावश्यक वस्तुको व्यवस्थापनमा कमजोरी हुने छैन ।” जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भए पनि उहाँहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले खबरदारी गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो ।

ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुनकुमार मण्डलले जिल्लामा विपद्बाट भएको क्षति र बचावटसम्बन्धी भए गरिएका कामबारे जानकारी गराउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, रेडक्रस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  २ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]