राप्रपा प्रदेश १ को अध्यक्षमा थापा निर्वाचित
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । दमकमा सम्पन्न निर्वाचनबाट उनले विर्तामोडका भक्ति सिटौलालाई पराजित गरेका हुन् ।
मत परिणाम अनुसार ३८ मत अन्तरले थापा निर्वाचित भएका हुन् । उनले २७५ मत प्राप्त गरे भने सिटौलाले २३७ मत प्राप्त गरेका थिए । सदस्यहरु यसअघि नै सर्वसम्मत भइसकेको छ ।