जेष्ठ ५, २०८२ आईतबार

मालेको महासचिवमा पुनः सिपी मैनाली

चितवन । नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । नारायणगढमा भएको पार्टीको आठौं महाधिवेशनले नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गरेको हो ।मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छन् ।

कुमार बेलवासेले मैनालीलाई महासचिवको रुपमा गरेको प्रस्तावलाई निर्वाचन कमिटी अध्यक्ष मण्डलले सर्वसम्मती निर्णय हो । मैनालीले लामो समयदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् ।

३०३५ सालमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला मैनाली नै महासचिव भएका थिए । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]