झापामा विप्लव समूहको बन्दले सामान्य प्रभाव
विर्तामोड । झापामा नेत्रविक्रम चन्द विप्लव समूहको सामान्य प्रभाव परेको छ । मुल्यवृद्धिको विरुद्धमा गरिएको बन्दले चार पाङ्ग्रे सवारीको आवागमन कम भएको छ भने शैक्षिक संस्था बन्द भएका छन् ।
नेकपा विप्लप समूह झापाले अत्यावश्यक सेवा बाहेकका क्षेत्र बन्द गरिने जनाए पनि बजार खुलेको छ । व्यापारिक क्षेत्रमा बन्दको सामान्य प्रभाव मात्रै रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । विप्लव समूहका झापा इन्चार्ज सुमन लिम्बुले शान्तिपूर्ण रुपमा बन्द सफल बनाइन जानकारी दिए । उनका अनुसार शैक्षिक संस्था, उधोगधन्दा, व्यवसायिक क्षेत्र र बजार क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ । यता, झापाको सुरक्षा समितिले आम नागरिकको जनजीवनमा बाधा पुर्याए पक्राउ गर्ने जनाएको छ ।