झापामा पक्राउ परेका ८ विप्लव कार्यकर्ता रिहा
बिर्तामोड । झापा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव कार्यकर्तालाई रिहा गरेको छ । प्रहरीले जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहको ७ कार्यकर्तालाई बुधबारे र विधार्थी संगठनको प्रदेश १ अध्यक्ष पुष्प निरौलालाई इटाभट्टाबाट पक्राउ गरेको थियो । उनीहरुलाई साँझमा रिहा गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार जबर्जस्ती बन्द गर्दै हिडेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।

नेकपा बिप्लव समुहले मंगलवार देशभर मूल्य वृद्धिको बिरोधमा बन्दको आव्हान गरेको थियो । बन्दका कारण झापामा सामान्य प्रभाव परेको थियो । पेट्रालियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा गरिएको बन्दले चार पाङ्ग्रे सवारीको आवागमन कम भएको थियो भने शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएका थिए ।
नेकपा विप्लप समूह झापाले अत्यावश्यक सेवा बाहेकका क्षेत्र बन्द गरिने जनाए पनि बजार खुलेको थियो । प्रहरी उपरीक्षक भट्टराईले बन्दमा झापामा कुनै अप्रिय घटना नभएको जानकारी दिए ।