जेष्ठ ६, २०८२ सोमबार

कक्षा-१२ को परीक्षाफल मंसीर १५ भित्रै सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम गरीरहेका छौं । तर काम गर्दै जाँदा केही दिन अघिपछि हुन सक्छ ।’

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं । सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा-१२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार ३१५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]