जेष्ठ ६, २०८२ सोमबार

फोनिज झापाको अधिवेशन मंसीर २५ गते

अर्जुनधारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यही मंसीर २५ गते शनिबार हुने भएको छ । फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न बैठकले सचिव अमित खम्बूको संयोजकत्वमा सहसचिव भूमिका सुब्बा र सदस्य एकराज प्रधान सदस्य रहेको तीन सदस्यीय अधिवेशन आयोजक समिति र कोषाध्यक्ष भारती राईको संयोजकत्वमा सदस्यद्वय तिलक योञ्जन र नरेश गुरुङ सदस्य रहेको तीन सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।

त्यसैगरी बैठकले अधिवेशनका लागि नयाँ सदस्यता आव्हान् तथा नविकरण गर्ने समय यही मंसीर १५ गते बुधबार दिँउसो १ बजेसम्मको लागि तोकेको छ । “सदस्यता नविकरण नभएकाहरुले अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउने छैन ।”–फोनिज झापा शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  ३ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]