अत्याधिक मत प्राप्त गर्दै असारु राजवंशी पहिलो, मेयरको टिकट पक्का
बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरु बीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ ।
भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि चन्द्र श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , जीवन श्रेष्ठ चौथो , राम दवाडी पाँचौं र सिता प्याकुरेलले छैठा मतभार प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । पार्टीले उम्मेद्वार सिफारिसका छनौट गर्न निर्वाचन गरेको हो । निर्वाचनमा मतभारका आधारमा पार्टीलाई गरेको योगदानको मुल्याङन हुने बताइएको छ ।