जेष्ठ ६, २०८२ सोमबार

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

झापा – इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ आइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् ।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिनुभयो । गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]