बिर्तामोडमा प्रहरी र राप्रपाका युवाबीच घम्साघम्सी
बिर्तामोड । राप्रपाको युवक संगठनले बिर्तामोडमा मुल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन गर्दै बिर्तामोड परिक्रमा गरेका उनीहरुले राके जुलुस निकालेका थिए । राके जुलुसका क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।

चर्को मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोध र्याली गरेको युवक संगठनले किसानलाई मल उपलब्ध गराउन माग गरेको छ । मुल्यवृद्धि विरुद्ध नारा लगाउँदै बिर्तामोड परिक्रमा गरेका राप्रपाका नेता कार्यकर्ताले गणतन्त्र र धर्म निरपेक्ष खारेज हुनुपर्ने नारा लगाएका थिए ।
हत्या हिंसा, कुशासन , भ्रष्टाचार र महंगी विरुद्ध आन्दोलन गरिएको राप्रपाको युवक संगठनले जनाएको छ । र्यालीपछि मुक्तिचोकमा आयोजित कोणसभामा राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेतृहरु रञ्जु प्याकुरेल, सविना बजगाई लगायतले सम्बोधन गरेका थिए ।