जेष्ठ ५, २०८२ आईतबार

राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ ।

आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

‘आयोगको अन्तिम निर्णय हुन बाँकी छ,’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘२६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।’

राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ ।

एक महिना अघि नै निर्वाचन गर्दा दुईजना राष्ट्रपतिको व्यवस्थापनमा समस्या हुने भएकाले फागुनको अन्तिममा निर्वाचन गर्न लागिएको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]