जेष्ठ ६, २०८२ सोमबार

हल्दिबारीमा कांगे्रस कार्यकर्ताद्वारा सामुहिक पार्टी परित्याग

बिर्तामोड । हल्दिबारी वडा नम्बर १ का नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले सामुहिक पार्टी परित्याग गरेका छन् । हल्दिबारीमा एकै पटक विभिन्न जिम्मेवारीमा रहेका १५ जनाले पार्टी त्याग गरेका हुन् ।

उनीहरुले काङ्ग्रेस गुट, उपगुट, नातावाद, कृपावाद र भ्रष्टाचारले भरिएको आरोप लगाउँदै पार्टी त्याग गरेको जानकारी दिएका छन् । हल्दिबारी वडा नम्बर १ समितिका पदाधिकारीहरु सहित भातृ संगठन तरुण दलका पदाधिकारीहरु समेतले पार्टी त्याग गरेका हुन् ।

पार्टी त्याग गर्नेहरुमा हल्दिबारी वडा नम्बर १ सभापति शिव बहादुर कटुवाल, उपसभापति धनकुमार भट्टराई, सचिव कमल कुँवर, सदस्यहरु भिम बहादुर खत्री, बिरबल भेटवाल, रामलाल कडरिया, सदस्य गजेन्द्र कम्वाङ, रिङ्कु शेर्पा, क्षेत्रीय प्रतिनिधि इन्द्रमाया भारती र रत्न बहादुर अधिकारीले पार्टी परित्याग गरेका हुन् ।

यसैगरी उक्त वडाका तरुण दलका नेताहरुले पनि काङ्ग्रेस पार्टी परित्याग गरेका छन् । उनीहरुले हल्दिबारी नेपाली काङ्ग्रेसको गाउँ समिति र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ ‘ख’लाई बोधार्थ गरेर विज्ञप्ति निकाल्दै पार्टी छाडेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]