जेष्ठ ५, २०८२ आईतबार

जनमोर्चाको ‘अमेरिकी साम्राज्यबाद बिरुद्ध मेची महाकाली अभियान’ आजवाट सुरु

काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजवाट सुरु गर्दैछ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उदघाटन हुदैँछ ।

जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरवाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङवाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन ।

यसैगरी, बाग्लुङबाट सुरु हुने अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्उक्रम तय गरिएको उनले जानकारी दिएका छन् ।

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ वाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनावाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहदैँ आएको छ ।

सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्र्तक्रियाका कार्यक्रम हुनेछन् ।

र, जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा बिशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]