जेष्ठ ५, २०८२ आईतबार

नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेले कारबाही गर्यो,काँग्रेसले जोगायो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि जोगाउनु नहुने बताउनुभएको छ ।

सो प्रकरणमा जोडिएकालाई कुनै पनि खालका राजनीतिक संरक्षणमा जोगाउन नहुने ज्ञवालीले बताउनुभयो । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले सो घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने प्रष्ट पार्नुभयो । छानबिनमा सहयोगकै लागि एमालेले पार्टी सचिव टोपबहादुर राय माझीलाई निलम्बन गरेको उहाँले बताउनुभयो ।

नक्कली शरणार्थीमा दोषी देखिने जो भए पनि दण्डको भागिदार हुने उहाँले बताउनुभयो । ‘यो सानो ठगी वा अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने अपराध हो’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले सो घटनामा राजनीति आग्रह पूर्वाग्रह भने राख्न नमिल्ने बताउनुभयो । राजनीतिक पूर्वाग्रह राखी कसैलाई फसाउन र कसैलाई उम्काउन काम भने नगर्न उहाँले आग्रह गर्नुभयो । ‘भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छलफल हुनुपर्छ’, ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले यो प्रकरणमा मुछिएकालाई एमालेले कारबाही गरेको तर काँग्रेसले संरक्षण गरेको बताउनुभएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १२ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]