जेष्ठ ६, २०८२ सोमबार

धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तर्वार्ता असोज १८ मा हुने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता हुने भएको छ ।

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने जानकारी दिएको हो ।

कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गर्दै उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते बिहान ८ बजे हुने जानकारी समितिले दिएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]