जेष्ठ ५, २०८२ आईतबार

बुद्धशान्ति २ का वडाध्यक्ष निलम्बन

बिर्तामोड । सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस सहित पक्राउ परेका झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली गोपाल निलम्बनमा परेका छन्।

तीन दिन अगाडि बिर्तामोडको हनुमान सेन्ट्रलमा एकजना सेवाग्राहीसँग घरबाटो सिफारिस गरिदिएबापत ओलीले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए।

उनी सहित रकम बुझाउने भारतका अमरनाथ चौहान लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा लिएको थियो।

उनलाई निलम्बन गरेको  पत्र गाउँपालिकामा आएको अध्यक्ष मनोज प्रसाइले जानकारी दिए। उनले कार्यपालिकाको बैठक बसेर कार्यवाहक तोक्ने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]