जेष्ठ ५, २०८२ आईतबार

लिङ्कन मन्टेश्वरीमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

बिर्तामोड । बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।

सो कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा शिक्षा बहुद्देशीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, अन्य विशिष्ट व्यक्ति, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा विभिन्न खेलमा प्रथम, द्धितीय, तृतिय बनेका विद्यार्थीहरुलाई मेडल, ट्रफि, प्रमाण पत्रसहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष पौडेल, पत्रकार महासंघ झापाका उपाध्यक्ष न्यौपाने, उज्यालो मनकामना बाल क्लबका अध्यक्ष एलिजा भट्टराई , अभिभावक दिपेश कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका सञ्चालक सरोज पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रम सञ्चालन मेची आधारभूत विद्यालय मेचीनगरका प्रधानाध्यापक लोकेन्द्र थपलियाले गरेका थिए ।

विद्यालयले विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । विद्यालयले यस वर्ष वार्षिक खेलकुद अन्तरगत कार्यक्रम सम्पन्न गरेको हो । बालबालिकाको मनोविज्ञान अनुसारका कार्यक्रम गर्दै आएको लिङ्कन मन्टेश्वरी स्थापनाको छोटो समयमै धेरै अभिभावक र विद्यार्थीको रोजाइको केन्द्र बनेको छ ।

प्रकाशित मिति : पुष १२, २०८१ शुक्रबार  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]