जेष्ठ ५, २०८२ आईतबार

शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वडाको सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं। १ देखि ५ वडा सम्ममा ६६२ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।

जसमा १७५ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा ६ जनालाई रातो र५२ जनालाई निलो, ७६ जनालाई पहेंलो र ४३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए ।

अपाङ्गता परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुगमन गरिएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सहयोग सचिव दुर्गा बरालको टोलीले अनुगमन गरेको हो । कार्यक्रममा नगरका उल्लेख्य संख्यामा अपाङ्गता भएको व्यक्तिहरुको सहभागिता रहेको उपप्रमुख कार्कीले जानकरी दिइन् ।

जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका छन् ।

परिचय पत्र वितरण शिविर पौष १७ गतेसम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको हो। त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : पुष १२, २०८१ शुक्रबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]