जेष्ठ ६, २०८२ सोमबार

अमेरिकामा घरबारविहीनहरुको संख्या १८ प्रतिशतले बढ्यो

अमेरिका – अमेरिकामा घरबारविहीनहरुको संख्या १८ प्रतिशत भन्दा धेरैले बढेको छ । सन् २०२३ को तुलनामा २०२४ मा घरबारविहीनको संख्या १८ दशमलव एक प्रतिशतले बढेर सात लाख ७१ हजार चार सय ८० जना पुगेको समाचारसंस्था एपीले जनाएको छ ।

अमेरिकी आवास तथा शहरी विभागले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार घरबारविहीनहरु हुनेहरुमध्ये ८० हजार भन्दा धेरै बालबालिका भएका परिवार छन् । अमेरिकाको संघीय सरकारले २० वर्षदेखि घरबारविहीनहरुको तथ्याङ्क राख्न थालेको हो । यस पटक भएको वृद्धी त्यसयताकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ । घरबारविहीनहरुको संख्या बढ्नुमा आप्रवासीहरूको आगमन मुख्य कारण रहेको छ । सीमामा कमजोर सुरक्षाको कारण आपवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ ।

यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीनहरु बन्ने गरेका प्रतिवेदनमा उल्लेख छ । शरणको दाबीमाथि कडा कदम चालेपछि गएको जुनदेखि घरबारविहीनहरुको सङ्कट कम भएको प्रतिवेदनमा उल्लेख छ ।

घरबारविहीनहरु हुनुमा प्राकृतिक प्रकोप पनि एउटा कारण रहेको देखिएको प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था एपीले जनाएको छ ।

प्रकाशित मिति : पुष १४, २०८१ आईतबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]