साहित्य

गजल

गजल


हेर ती नानिको लुगामा अझै रगतको छिटा छ
हेर बलत्कारिको निधारमा रिहाईको टीका छ

खै कसरी सम्हालिन्छन् यहाँ दुष्ट मानवहरु
छरिएका अक्षर सम्हाल्ने बरु शिरमा डिका छ

कुटिन्छिन्, लुटिन्छिन् मर्छिन् छोरी घरभित्रै
के गर्नु महोदय देशको कानुन नै फिका छ

दोषी दोषी हुन्न यहाँ, निर्दोष दोषी हुन्छ
नहोस पनि कसरी र कानुन कै हातमा पैसाको बिटा छ

हेर ती नानिको लुगामा अझै रगतको छिटा छ
हेर बलत्कारीको निधारमा रिहाइको टीका छ

गीता गोधुली

शेयर गर्नुहोस :

27
Shares