जेष्ठ ५, २०८२ आईतबार

जगतबस्ती- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडक कालोपत्रे

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक-बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालोपत्रे सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९ सय ३० मिटर सडकमा कालोपत्रे सम्पन्न भएको हो । सडकको चौडाई ५.५ मिटर छ । कञ्चनजंगा हिमाल कन्ट्रक्सन कनकाईले आयोजनाको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले २०८२ बैशाख ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी गत मंसिर २१ गते सम्झौता गरेको थियो ।

बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताउनु भएको छ । नगरका प्रवक्तासमेत रहनुभएका पाण्डेले यस चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ५ किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे सम्पन्न गरेको जानकारी दिनु भयो ।

गत हप्तामात्रै वडा नम्बर १ को अतिथिसदन रोड र धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्गमा कालो पत्रे सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]