जेष्ठ ५, २०८२ आईतबार

नमुना टोल कमिटीको अध्यक्षमा पुनः न्यौपाने

भद्रपुर – नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर – ६ अन्तर्गत नमुना टोल स्तरीय भेलाले इन्दिरा न्यौपानेको अध्यक्षता टोल कमिटी पुनर्गठन गरेको छ ।

शुक्रबार नमुना ठोलमा भएको भेलाले पुनः न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोविन्द सापकोटा, सचिवमा शोभा थामी, उपसचिवमा निरु तामाङ र मोना हरिजन निविरोध निर्वाचित हुनु भएको छ ।

कमिटीको सदस्यहरुमा फुचमान भूजेल, ज्ञे बहादुर पन्त, हरिरु चन्द्र झा, राम सुवेदी, मनोज पौडेल, चन्द्रबहादुर रिमाल, दिलबहादुर ओली, गहर्जन वेगम, अम्बिका थापा, समिमखान, एविन हरिजन, मुन्द्री उराउ, कमला सापकोटावैजनाथ साहानी, मिना शर्मा, सुनिता महतो, इन्दिरा सापकोटा र लीला थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य शिवकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले कोशी प्रदेश सल्लाहकार माधव विद्रोहीले मिसन ०८४ पूरा गर्न नेकपा एमालेले ल्याएको जरा अभियानको बारेमा प्रकाश पार्नु भएको थियो ।

नमुना टोलकमिटीका अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा पूर्व वडा अध्यक्ष तथा एमाले भद्रपुर नगर कमिटीका सदस्य प्रेम बरुवालले खानेपानी ट्याङ्कीको डेढ किलोमिटरको दूरिमा रहेको नमुना टोलमा अहिलेसम्म खानेपानीको व्यवस्था नभएको बताउँदै नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराउनु भयो ।

वडाकमिटी सचिव संध्या हाडाले कार्यक्रम सञ्चालन गर्नुभएको नगरकमिटी सदस्य अभिषेक प्रधानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]