मुख्य समाचार

नेसनल भोलेन्टियर फोर्सको नेतृत्व पुष्पराज श्रेष्ठले सम्हाल्ने

नेसनल भोलेन्टियर फोर्सको नेतृत्व पुष्पराज श्रेष्ठले सम्हाल्ने


काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स गठन गरेको छ । जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको घोषणा गरेका हुन् ।

उनका अनुसार फोर्सको कमान्डर पुष्पराज श्रेष्ठ रहनेछन्। उनी युवासंघका पूर्व उपाध्यक्ष पनि हुन् । फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् । पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।

शेयर गर्नुहोस :

54
Shares