मुख्य समाचार

केर्खा चौकीमा हाम्रो नेपाल साकोसको सहयोग

केर्खा चौकीमा हाम्रो नेपाल साकोसको सहयोग


बिर्तामोड – झापाको बिर्तामोडस्थित हाम्रो नेपाल साकोसले गत भदौमा जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको प्रहरी चौकी केर्खालाई राहत सहयोग हस्तान्तरण गरेको छ ।

शुक्रवार संस्थाको केर्खा सेवा केन्द्रमा आयोजित कार्यक्रममा साकोसले प्रहरी चौकीको सेवा सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले विद्युतीय सामग्रीहरू हस्तान्तरण गरेको हो ।

साकोसको केर्खा सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक सरस्वता सेढाइँ लगायतको उपस्थितिमा प्रहरी कार्यालय केर्खाका प्रमुख प्रहरी नायव निरीक्षक शारदा प्रसाद पौडेललाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै पौडेलले सार्वजनिक सम्पत्तिको क्षतिपछि प्रहरी सेवालाई छिटो सुचारु गर्न यो सहयोग महत्त्वपूर्ण भएको र यसले प्रहरी तथा समुदायबीचको सम्बन्धलाई थप समन्वयकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शेयर सदस्य र घर परिवारमा जन्मदेखि मृत्युसम्म कुनै कार्यक्रम मार्फत हरपल साथमै रहेको र सार्वजनिक महत्व बोकेका यस्ता कार्यमा आवश्यक सहयोग गर्न संस्था सदैव तत्पर रहेको संस्थाका बजारीकरण तथा प्रवर्द्धन विभाग प्रमुख वेद प्रकाश दवाडीले बताउनुभयो ।

शेयर गर्नुहोस :

594
Shares