शनिश्चरे । अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजको आयोजना तथा प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउन्डेसनको संयुक्त सहयोगमा अर्जुनधारामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस बुधबार मनाइएको छ । अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नति सम्बद्र्धनको लागि दिवस मनाइएको हो ।

स्वाबलम्वन समाजद्वारा स्थानीय शिवालय मन्दिरको श्रवण हलमा आयोजित कार्यक्रममा अपाङ्गता समाजका निवर्तमान अध्यक्ष खेम रेग्मीले सम्बोधन गर्दै सन् १९८२ मा संयुक्त राष्ट्रसंघमा अपाङ्गको विषयमा आवाज उठेको स्मरण गराए । कानुनी बाधा अड्चन फुकाउँदै अर्जुनधारा नगरलाई अपाङ्गता मैत्री घोषणा गर्नुपर्ने उनको सुझाव थियोे ।
वि.स. २०६४ सालमा अर्जुनधारा स्वावलम्बन समाज स्थापना भएको जानकारी दिए । समाजका अध्यक्ष केबल बानियाँको सभापतित्व र अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यतामा अभिभावकहरु डम्बर बहादुर गुरुङ, गंगा नेपाल, जमुना नेपाल, विद्यार्थीहरु जुनु पौडेल, आकृति विश्वकर्मा, व्यवसायीद्वय माया लम्साल र विष्णु कार्कीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
सोही अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई फलफुल वितरण गरिएको संस्थाका सचिव पवन अधिकारीले जानकारी दिए । सल्लाहकार सदस्य दिपेन्द्र काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाको उपमेयर खड्गमाया पराजुली, प्रशासकीय अधिकृत डेन्जनी आचार्य, महिला तथा बालबालिका शाखाका प्रमुख सूर्यमाला पन्त, करुणा फाउन्डेसनका कार्यक्रम संयोजक सुरेन्द्र गिरी, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक तुलसा कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष डिल्ली बहादुर घोर्साइँले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा, वडा नम्बर ९ का वडा अध्यक्ष भिष्म मिश्र, वडा नम्बर ८ का वडा सदस मनोज रैका थापा मगर लगायतको आतिथ्यता रहेको थियोे ।







प्रतिक्रिया