दमक । बहुजातीय, बहुसाँस्कृतिक सम्पदाको थलो नेपालको संरक्षण र सर्वद्धनका लागि सबैको हातेमालो हुनु पर्ने दमक नगरपालिकाको कार्यपालिका सदस्य शारदा भट्टराईले बताउनु भएको छ ।
नेवा :मिषा दबू दमक नगर समिति र नेवा :देय् दवू साँस्कृतिक विभागले बिहीवार दमकमा आयोजना गरेको योमरी पूर्णिमा ११४६ पर्वलाई सम्वोधन गर्दै कार्यपालिका सदस्य भट्टराईले समाजमा रहेका सबै समुदायको चाडपर्व मुलुकको सम्पदा भएको बताउनु भएको हो । यस्ता चाडपर्वलाई तेरो मेरो सम्प्रदायको नभनी सामाजिक सद्भावको पर्वको रुपमा मनाउनु पर्ने महिला नेतृ भट्टराईको सुझाव छ ।

दमक ४ नं. वडा कार्यालयको आर्थिक सहयोग रहेको योमरी पूर्णिमा पर्वमा बोल्दै भट्टराईले चाडपर्वमा भएका राम्रा पक्षलाई कायम राख्दै खराब पक्षलाई छोडनु पर्ने बताउनु भयो । नेवाः देय् दबु दमकको महिला संगठन नेवा ःमिषा दबू दमक नगर समिति र नेवा ःदेय् दवू साँस्कृतिक विभागले कार्यक्रम आयोजना गरेको हो । नेवा ःमिषा दबू दमक नगर समिति अध्यक्ष भावना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दमक ८ का वडाअध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) ले हरेक समुदायको चाडपर्वको रक्षा भए मात्र नेपाली सस्कृति जोगाउन सकिने बताउनु भयो ।
यस्तै, दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराईले नेवारी सस्कृति जोगाउन नेवारी युवाहरु जागरुक हुनुपर्ने बताउनु भयो । नेवाः देय् दबु दमक नगर समितिका सल्लाहकार संयोजक गणेश बहादुर श्रेष्ठले योमरी पर्वको महत्व र यसको विशेषताको बिषयमा जानकारी दिनुभयो । कार्यक्रममा नेवारी समुदायले फलाएको अन्नपात लिएर सामुहिक रुपमा पुजाआजा गरी त्यसको परिकार बनाएर नेवार र गैर नेवार भेला भएर खानपिन गरेको नेवा : देय् दबुका नगर सचिव लक्ष्मी कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दमक वडा नं. २ मा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले पालयम गायन लगायतका विभिन्न साँस्कृतिक कार्यक्रम सहित उधौली पर्व (चासोक तङ्नाम) पर्व मनाएको नगर अध्यक्ष देवेन्द्र लिम्वूले जानकारी दिनुभयो ।







प्रतिक्रिया