मुख्य समाचार

आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

d’9f agfpg l;Sb} :yfgLo dlxnf vf]6fª, @) dlª;/ M sflnsf j8f:t/Lo dlxnf ;d”xn] lbQm]n ahf/df cfof]hgf u/]sf] tflnddf d’9f agfpg l;Sb} :yfgLo dlxnf . km’;{lbnf dlxnfsf nflu :yfgLo:t/d} /f]huf/L l;h{gf ug]{ p2]Zon] ;’? ul/Psf] of] bz lbg] tflndn] dlxnfsf] ;Lk ljsf;df dxTjk”0f{ of]ubfg k’Ug] ck]Iff ul/Psf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ, २० मङ्सिर – बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभयो ।

तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुसर्दिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहनुभएको छ ।

तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल ९प्लाष्टिक०को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ । वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो ।

शेयर गर्नुहोस :

216
Shares