मुख्य समाचार

श्रद्धा कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा

श्रद्धा कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा


शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाद्वारा शनिबार स्थानीय सामुदायिक भवनमा आयोजित साधारणसभाले आर्थिक वर्ष ०८१-०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल, आगामी आव ०८२-०८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम, शेयर लाभांश तथा पूँजी फिर्ता कोष वितरण ,कर्मचारीको सेवा सुविधा र माईन्युट प्रमाणितकरण सदस्यहरुको छनौट जस्ता प्रस्तावहरु पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवं झापा जिल्ला सहकारी संघका अध्यक्ष टस बहादुर श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाका अध्यक्ष छविलाल शिवाकोटीले आर्थिक वर्ष ०८१-०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रस्तुत प्रतिवेदन अनुसार ११०२ जना शेयर सदस्य रहेको संस्थामा शेयर पूँजी १ करोड १७ लाख १६ हजार २ सय रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा जम्मा ९२ लाख ६२ हजार ४ सय १४ रुपैयाँ १२ पैसा रहेको छ । जगेडा कोषमा ४४ लाख २२ हजार २ सय २३ रुपैयाँ ७६ पैसा र अन्य कोषमा ४८ लाख ४० हजार १ सय ९० रुपैयाँ ३६ पैसा छ र बचत कारोबार १ करोड १८ लाख ९८ हजार ७ सय ९९ रुपैयाँ ८५ पैसा रहेको छ भने लगानी जम्मा २ करोड ८५ लाख ४८ हजार ४१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी लेखा समिति संयोजक कृष्णप्रसाद पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाको उन्नतिका लागि उल्लेखनीय योगदान पु¥याउने प्रेमसागर सापकोटा, पदम कुमार सुब्बा ,भैरब बहादुर खड्का ,माया देवी कार्की ,कृष्ण कुमार भट्टराई ,देवीप्रसाद पाठक ,सिता परियार , खड्ग विक र तुलसा प्रधानलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाका ज्येष्ठ सदस्यहरु बृख बहादुर प्रधान ,हेम कुमारी कुँवर ,प्रमानन्द पोखरेल र कुलप्रसाद बराललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे भने असल बचतकर्ता मुक्ति राजवंशी ,असल ऋणी मिनकुमारी सापकोटालाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियोे । उत्कृष्ट विद्यार्थीतर्फ , शेयर सदस्यका छोराछोरी सृष्टि दाहाल र प्रशंसा बराललाई सम्मानपत्र र नगदले पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट कृषकमा चक्र बहादुर तामाङ र उत्कृष्ट कर्मचारी आशिका चौधरीलाई सम्मानपत्रसहित सम्मान गरिएको संस्थाका सचिव कृष्णप्रसाद चापागाईंले जानकारी दिए । अध्यक्ष शिवाकोटीको सभापतित्व र सचिव चापागाईंले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका – ८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती, सम्मानितको तर्फबाट प्रेमसागर सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्वागत मन्तव्य व्यवस्थापक तुलसा प्रधानले राखेकी थिइन् ।

शेयर गर्नुहोस :

567
Shares