दमक । सुरसुधा संगीतालय दमकले स्वर सम्राट नारायण गोपालको स्मृति दिवसमा संगीत विधालयका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ ।

दमक ८ स्थित सुरसुधार संगीतालयको सभाहलमा भएको कार्यक्रममा उनीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि जनसाँस्कृतिक मञ्चका केन्द्रीय सदस्य शिव नेपालले उनीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा संगीत विद्यालयका विधार्थीहरुले गीत संगीत प्रस्तुत गरेका थिए । प्रमुख अतिथि मञ्चका केन्द्रीय सदस्य तथा लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य नेपालले स्वर सम्राट नारायण गोपालको मानव शरीर मरेर गए पनि उहाँको कला गला नमरेको बताउनु भयो । अग्रज कलाकार सुरबीर श्रेष्ठ र विधार्थी आरोही उप्रेतीले पनि नारायण गोपालको सन्दर्भमा बोल्नु भएको संगीतालयकी सञ्चालक तथा प्रशिक्षक चन्द्रा गड्तौलाले बताउनुभयो ।







प्रतिक्रिया