दमक । स्वास्थ्यलाई मध्यनजर गर्दै झापाको दमकमा पावर फिटनेस पार्क औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
दमक ४ स्थित चियादोकानमा १ करोड बढिको लगानीमा शरीरिक व्यायाम सम्वन्धी फिटनेस सञ्चालनमा आएको हो ।
स्थानीय सामाजिक अगुवा मान बहादुर देउजाले शनिवार पावर फिटनेसको रिबन काटेर उद्घाटन गर्नु भयो । युवाहरुको लगानीमा शुरु भएको फिटनेसमा विभिन्न प्याकेजमा शुलभ मूल्यमा युवा युवती लगायतलाई गुणस्तरीय सेवा दिने पावर फिटनेस दमकका सञ्चालक तथा प्रशिक्षक सन्तोष मैनालीले जानकारी दिनुभयो ।
रोवोटिक टेक्नोलोजीको अत्याधुनिक मेशीनले कसरत गराउने बुझिएको छ । फिटनेस पार्कमा शरीरको तौल ब्यवस्थापन, शक्तिअभिवृद्धि, जुम्बा, बडीविल्डीङ, साधारण देखि ठूला किसिमका ब्यायाम गराउनुको साथै दक्ष प्रशिक्षकवाट प्रशिक्षण पनि दिने गरेको सञ्चालक मैनालीले बताउनु भयो ।
एक महिना अघिबाट सेवा दिन शुरु गरेको पावर फिटनेसले पूर्वमै आधुनिक मेशिनबाट उत्कृष्ट सेवा दिन शुरु गरेको सञ्चालकहरुको दाबी रहेको छ ।







प्रतिक्रिया